Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com

विद्यालयको ऐतिहासिक पृष्ठभूमि

     राजधानी काठमाण्डाौबाट २८ कि.मि. पूर्वमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगरी तत्कालिन समयमा पू १ नं.को द्वार एवं व्यापारीक केन्द्रको रुपमा चिनिने श्रीखण्डपुरको स्थानीय नाम प्रतिबिम्ब हुने गरी नामाङ्कन गरिएको यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको स्थापना २०३५ सालमा भएको तथ्याङ्क विद्यालयको शिलालेखमा पाइन्छ । धुलिखेल नगरपालिकाकै दोस्रो पुरानो विद्यालयको रुपमा चिरपरिचित यस विद्यालयकोे पृष्ठभूमिमा श्री श्वेत भैरव मिडिल स्कूल (२००७) र श्री जनजागृती प्राथमिक विद्यालय (२०२७) सँग प्रत्यक्ष इतिहास जोडिएको यस विद्यालय २०३४ सालमा श्रीखण्डपुर निम्न माध्यमिक विद्यालय नामाकरण भई २०३५ सालमा माध्यमिक विद्यालयको रुपमा स्थापित भई २०६६ साल देखि उच्च माध्यमिक विद्यालय स्वीकृत पश्चात् कक्षा ११ र १२ सम्म सञ्चालन भइरहेको  छ । पूर्वदीप्ति सहित स्मरण गर्ने हो भने पृष्ठभूमिमा यो विद्यालयको उद्गम सात दशक अघि नै भैसकेको देखिन्छ । यद्यपि माध्यमिक स्वीकृत समयदेखि स्थापना काल मानेर विद्यालयको कार्यकाल गणना गरिएको देखिन्छ ।

    श्री श्वेत भैरव मिडिल स्कुलबाट पृथक भएर जनजागृती विद्यालय बनेको अवस्थामा पूर्णतया नीजिरुपमा ओमकार धुँजु श्रेष्ठको घरमा निशुल्क भाडामा सञ्चालन गरिएको थियो । स्थानीय शिक्षाप्रेमी, शिक्षासेवीहरुको सक्रियतामा र सत्प्रेरणाले आवश्यक भौतिक सामाग्रीहरु उपलब्ध गराएर जनजागृति विद्यालय स्विकृत प्राप्त गरिएको थियो । पछि स्थानीय विकास मन्त्रालयबाट रु ९०,०००।– सहयोग प्राप्त भई स्थानीय जनताको जनसहभागिता समेतबाट १३ कोठे पक्की भवन निर्माण गरिएको थियो । यस कार्यको लागि संस्थापक कृष्णगोपाल धुँजु र भिमनाथ धुँजुको देन विशेष उल्लेखनिय छ । पछि विद्यालय परिसर मै स्थानीय जनसहभागिताबाट १ रोपनी १० आना जग्गा खरिद गरी २०४८ मा GTZ जर्मनको सहयोगमा सभाभवन निर्माण गरियो । त्यस्तै गरी सभाभवनको अगाडिपट्टि रहेको कम्पाउण्डमा २०७२ सालमा ४ कोठे नयाँ भवन जिल्ला आयोजना कार्यान्वयन इकाइ (DLPUI) को अनुदान रकम लगभग ६३ लाखमा निर्माण गरिएको छ । हाल उक्त चार कोठे भवन र सभाभवन बाहेक अरु पुराना १३ कोठे भवन र २ शैचालयहरु विस्थापित अवस्थामा छन् ।  एसियाली विकास बैंक (ADB), (Disaster Resilience of Schools Project) DRSP, CLPIU र DLPIU  काभ्रेपलाञ्चोक धुलिखेलको अनुदान सहयोगबाट हाल चार तल्ले १६ कोठे आधुनिक विद्यालय भवन निर्माणको सम्पन्न भई मिति २०७९/११/२९ गते एक समारोह बिच नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमूख आतिथ्ताबाट भौतिक पूर्वाधार सहित नयाँ भवनको हस्तान्तरण एवं समुद्घाटन कार्यक्रम सम्पन्न भई हाल सोहि भवनमा कक्षाहरु संञ्चालन भइरहेको छ । DRSP अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्वारा सभाभवनको भने रेक्ट्रो फिटिङको कार्य सम्पन्न भई २०८१ असारमा हस्तान्तरण भई प्रयोगमा रहेको छ ।


Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |