बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी धुलिखेल नगरपालिका वडा नं. ५, श्रीखण्डपुरमा अवस्थित यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालय ८५.५४ डिग्री पूर्वी देशान्तर, २७.६१ डिग्री उत्तरी अक्षाँस र समुन्द्रि सतहबाट १४५३ मिटर उचाईमा रहेको छ । सानो उपत्यका जस्तो स्थानमा रहेको यस विद्यालय पूण्यमती र रुद्रमती खोलाको काखमा अवस्थित छ । विद्यालयको परिसर सम्म नै पक्की बाटोले बाटोले छोएको हुनाले विद्यायालय सम्म यातायातको सहज पहँच रहेको छ । धुलिखेल नगरपालिका वडा नं. ५ मा अवस्थित यस विद्यालयमा यसै स्थानमा रहेको अर्को तत्कालिन श्री श्रीखण्डपुर प्रथमिक विद्यालयलाई पनि २०७७ असोज ५ मा धुलिखेल न.पा.बाट समायोजन गरिएको छ । ५ रोपनी १० आना २ पैसा २ दाम क्षेत्र जग्गा आफ्नो नाममा रहेको यस विद्यालयमा निजि स्रोत सहित ३१ जना शिक्षक, कर्मचारी कार्यरत छन् । २०८१ श्रावण १५ सम्मको IEMIS तथ्याङ्क अनुसार जम्मा ३६६ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको यस विद्यालयको सेवा क्षेत्रमा बनेपा, बुडोल, भ्यान्डोल, चौकोट, सुबा गाउँ, नैकिन्टार धनेश्वर, श्रीखण्डपुर, वखुन्डोल, आदि बनेपा, पनौती र धुलिखेल अन्तरगतका गाउँ टोल र वस्तीहरु रहेका छन् । यस विद्यालयको सेवा क्षेत्रको जनसङ्ख्या लगभग १०,००० रहेको अनुमान छ । यस विद्यालयको आसपासमा सेन्टलम, गोल्डेन सिद्धार्थ, श्वेत गणेश मा.वि, काठमाण्डौं विश्व विद्यालय स्कुल, काठमाण्डौं विश्व विद्यालय जस्ता शिक्षण संस्थाहरु छन् । यसका साथै श्रीखण्डपुर नगर स्वास्थ्य केन्द्र, श्रीखण्डपुर युवा क्लब, श्रीखण्डपुर युवा समूह, श्रीखण्डपुर ढल प्रशोधन केन्द्र, श्री श्रीखण्डपुर बचत, वृहत बचत, श्वेत भैरव बचत, सनलाइट बचत, प्रकाश पुस्तकालय, बाल क्लब जस्ता सामाजिक संघ संस्थाहरु पनि यहाँ सञ्चालनमा रहेका छन् ।
Search This site
Welcome note
You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com
वि.व्य.स. अध्यक्ष (SMC Chair)
प्रधानाध्यापक (PRINCIPAL)
स. प्र. अ. एवं सूचना अधिकारी
गुनासो सुन्ने शिक्षक/अधिकारी
School's Facebook Page
Please like our Facebook page
Important Websites' links
YouTube Channel
Please visit and subscribe our channel
