यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव २०८१ पुष ६ गते शनिबार धुलिखेल नगर पालिकाका मेयर श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएकोले विद्यालयका अक्षयकोष दाता, चन्दादाता, संस्थापक, विद्यालय व्यवस्थापन समिति, सल्लाहकारहरु, शिक्षक अभिभावक संघ, सामजिक परीक्षण समित, आमा समूह, अभिभावक, विद्यार्थी लगायत सम्बद्ध सबैलाई विभिन्न माध्यमबाट निमन्त्रणा पठाइ सकेको छ। यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध छ।
विद्यालय प्रशासन

