यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको आ. व. २०८१/०८२ को सामजिक परीक्षण भेला मिति २०८२ कार्तिक २३ गते आइतबार दिउँसो १ः३० बजे विद्यालयको सभा हलमा हुने भएकोले विद्यालयका अक्षयकोष दाता, चन्दादाता, विद्यालय व्यवस्थापन समिति सदस्यहरु तथा सल्लाहकारहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, सामजिक परीक्षण समितका सदस्यहरु, आमा समूहका सदस्यहरु, अभिभावकहरु, विद्यार्थी लगायत सरोकारवाला सबैलाई विभिन्न माध्यमबाट निमन्त्रणा पठाइ सकेको छ। यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध छ।
विद्यालय प्रशासन
