Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com
Showing posts with label Activities. Show all posts
Showing posts with label Activities. Show all posts

नमुना विद्यालय अवलोकन

यहि मिति २०८१ साल पौष २८ र २९ गते विद्यालयको शिक्षक-स्टाफ, वि. व्य.स. सदस्य, सल्लाहकार, धुलिखेल ५ नं. वडाका वडाध्यक्ष तथा सदस्यहरु सहितको टोली नमुना विद्यालयको अवलोकन भ्रमण गरी असल अभ्यास सिक्ने क्रममा २८ गते धादिङबेंसीको निलकण्ट बालमन्दिर नमुना मा. वि. र २९ गते भरतपुरको नारायणी मा. वि. को अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको लागि ५ नं. वडा कार्यालयबाट रु. ५०,०००।- र विद्यालयको तर्फबाट रु. ४०,०००।- प्राप्त भएको थियो भने नपुग रकम शिक्षकहरुबाट राखिएको थियो। यस कार्यक्रमको यात्रा, खाना र बसाई व्यवस्थापनको संयोजन नि. मा. वि. संयोजक शिक्षक श्री नवराज तिमल्सिनाले गर्नुभऐको थियो भने शैक्षिक अवलोकनको संयोजन मा. वि. शिक्षक श्री रोहित फुयालले गर्नुभएको थियो। 




Share:

विद्यालयको ४६ औं वार्षिकोत्सव नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा पौष ६ गते सम्पन्न

            यस विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच धुलिखेल नगर पालिकाको प्रमुख श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा २०८१ पुष ६ गते सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अशोकचन्द्र गोपाल धुँँजु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका अतिथिहरुमा धुलिखेल नगरपालिकाका सामाजिक विकास समिति संयोजक श्री गणेश आचार्य, ५ नं. वडाका वडाध्यक्ष श्री प्रमोदसुन्दर श्रेष्ठ, धु. न. पा. शिक्षा शाखा अधिकृत श्री भोजकुमार ठकुरी लगायत हुनुहुन्थ्यो। प्रधानाध्यापक श्री जुजुभाइ मानन्धरले विद्यालयको विगत तथा वर्तमान अवस्था एवं भावी लक्ष्यको बारेका प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा वडाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले वडाले विद्यालयलाई गरेको सहयोग एवं भोलिका दिनमा पनि विद्यालयलाई साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभएको थियो भने सामजिक समिति संयोजकले शुभकामना मन्तव्य दिनु भएको कार्यक्रममा शिक्षा र विकासका क्षेत्रमा नगर पालिकाले गरेको उल्लेख्य कार्यहरु र भावी योजनाको बारेमा नगर प्रमुखले सारगर्वित मन्तव्य दिनुभएको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न पदक तथा पुरस्कारहरु वितरण गरिएको कार्यक्रममा SEE तथा कक्षा १२ को नतिजामा उत्कृष्टहरुलाई नगद एवं पदकहरु प्रदान गरिएको थियो। प्रमुख अतिथिद्वारा  विद्यालयमा २०८० चैत्र मसान्तसम्म सेवारत शिक्षक श्री सुनिता श्रेष्ठलाई कदर-पत्र, मा. वि. द्वितीयमा बढुवा हुनुहुने शिक्षक श्री शोभा दाहाल सापकोटालाई बधाई-पत्र र २०८० सालको SEE परीक्षामा उत्कृष्ट औसत जिपिए प्राप्त विषय शिक्षक श्री प्रकाश श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो। शिक्षक श्री रोहित फुयालले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक श्री शोभा दाहाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने धन्यवाद ज्ञापन सहायक प्रधानाध्यापक श्री  रामचन्द्र भट्टराईले गर्नुभएको थियो। विद्यार्थीहरुको लाइभ राष्ट्रिय गान, स्वागत गान, नृत्य, पि. टी. नमुना, लोक गित, लगायतको प्रस्तुति रहेका थिए।




Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |