Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com

श्रीखण्डपुर मा. वि. मा हरित वाल उद्यान


श्रीखण्डपुर माध्यमिक विद्यालयमा डिभिजन बन कार्यालयको आर्थिक सहयोगमा "मंगलादेवी हरित बाल उद्यान" निर्माण भएको छ। धुलिखेल नगर पालिकाका आदरणीय प्रमुखको विशेष पहलमा बन कार्यालयबाट प्राप्त उक्त योजना निर्माण सम्पन्न पश्चात २०८१ असार ३० गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठद्वारा एक समारोह बिच   समुद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष श्री प्रमोद सुन्दर श्रेष्ठ, बन कार्यालयका अधिकृतहरु, वडा सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष शारदा लिम्बु, शिक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। उद्घाटन पश्चात साना कक्षाका विद्यार्थीहरु रमाई रमाई मनोरञ्जन गरेका थिए।

Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |